१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चितवन-२ मा रास्वपाका रवि लामिछानेको अग्रता, एमाले दोस्रो स्थानमा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा सुरुआती मतगणनामा अग्रता लिएको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार लामिछानेले १ हजार १५८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार जस्मिन घिमिरे ९०८ मतसहित दोस्रो स्थानमा पुगेका छन् । सुरुमा अग्रता बनाएको एमाले पछिल्लो गणनासँगै दोस्रो स्थानमा झरेको हो ।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले हालसम्म ५३९ मत प्राप्त गरेकी छन् ।

यसैगरी नेकपाका उमेदवारका प्रताप गुरुङले ७७५ मत प्राप्त गरेका छन् ।

चितवन-२ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ । मतगणनाको आगामी अपडेटसँगै प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ३० बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार