१९ आश्विन २०८३, सोमबार | October 6, 2026

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि



दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ । निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरेका छन ।

यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन ।

यसैगरी, क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका छन । यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, नेकपा (एमाले) का शङ्कर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन ।

यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन । यहाँ नेपाली कांग्रेसका दिपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : २५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक