२७ असार २०८३, शनिबार | July 12, 2026

जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो जेनजी आन्दोलनबारेको प्रतिवेदन



काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा तथा कानुनविद् विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो। आयोगसँगै रहेका कर्मचारीहरूले प्रतिवेदन तथा सम्बन्धित कागजातहरू बोकेर कार्यालय परिसर प्रवेश गरेका थिए।

गत भदौ २३ र २४ गते भएका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको अनुसन्धान गर्न सरकारले उक्त आयोग गठन गरेको थियो। आयोगलाई मन्त्रिपरिषद्ले प्रारम्भिक म्यादपछि क्रमशः एक महिना, त्यसपछि २० दिन र अन्तिमपटक २५ दिन गरी तीनपटक समय थप गरेको थियो।

अन्तिम पटक थपिएको म्याद सकिनु एक दिनअघि आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको हो।

अन्तरिम सरकार गठन भएपछि असोज ५ गते जेनजी आन्दोलनका घटनाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यले तीन सदस्यीय जाँचबुझ आयोग बनाइएको थियो।

भदौ अन्तिम सातामा भएका ती दुई दिनका घटनामा ७६ जनाको ज्यान गएको र सयौँ व्यक्ति घाइते भएको प्रहरी विवरणमा उल्लेख छ। साथै, एक सरकारी प्रतिवेदनअनुसार ती घटनाबाट करिब ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ०४ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका