५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी



भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई-दुई तथा नेकपा (एमाले) ले एक क्षेत्रमा विजय हासिल गरेका छन् । रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । रुपन्देही-१ मा सुनिल लम्साल, रुपन्देही-२ मा सुलभ खरेल, रुपन्देही-३ मा डा लेखजंग थापा, रुपन्देही-४ मा कन्हैया बनियाँ र रुपन्देही-५ मा तौफिक अहमद खान विजयी भएका हुन ।

त्यसैगरी पश्चिम नवलपरासी-१ मा पनि रास्वपाकै विक्रम खनाल तथा पश्चिम नवलपरासी-२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कपिलवस्तु-१ मा रास्वपाकै मोहनलाल आचार्य र कपिलवस्तु-२ मा विक्रमसिंह थापा विजयी भएका छन भने कपिलवस्तु-३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले विजय प्राप्त गरेका छन ।

दाङ-१ मा रास्वपाकै देवराज पाठक, दाङ-२ मा विपीनकुमार आचार्य र दाङ-३ मा कमल सुवेदी निर्वाचित भएका छन । गुल्मी-१ मा पनि रास्वपाकै सागर ढकाल र गुल्मी-२ मा गोविन्द पन्थी विजयी भएका हुन ।

रास्वपाकै उम्मेदवार बर्दिया-१ मा ठाकुरसिंह थारु तथा बर्दिया-२ मा श्रीधर पोखरेल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाकै तर्फबाट बाँके-१ मा सुरेशकुमार चौधरी र बाँके-३ मा खगेन्द्र सुनार विजयी भएका छन भने बाँके-२ मा नेकपा (एमाले)का मोहम्मद इश्तियाक राईले विजय प्राप्त गरेका छन । त्यसैगरी रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन ।

प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी प्राप्त गरेका छन । पाल्पा-१ मा नेपाली कांग्रेसका सन्दीप राना तथा पाल्पा-२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ५१ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान