३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’



चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन् ।

भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउँछन् । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उनले बताए ।

उनले भने, “अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ ।” यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उनको भनाइ छ । उनले भने, “जेनजी आन्दोलन पछिको निर्वाचनले देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ ।” अहिले देशमा सुशासन कायम गदैं भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातारवरण सिर्जना गर्न अवश्यक रहेको उनले बताए।

प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेरा जाने चिन्ता उनमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उनले बताए ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउँछन् । उनले भने, “अब बन्ने सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको छ ।” उनले भने “वैदेशीक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक संवृद्धिमा लाग्न आवश्यक छ ।”

भरतपुर महानगरपालिका–१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताउँछिन्। उनले भनिन, “यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ । यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ ।” जनताले परिवर्तनको पक्षमा देखाएको मत खेरा जान दिने छुट कसैमा नभएको भन्दै उहाँले भ्रष्ट्राचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूलमर्म मान्न आग्रह गरिन् ।

युवाहरुले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । अन्य दलहरुले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ ।

सरोकारवाला नियकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : २४ बजे

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली