६ श्रावण २०८३, बुधबार | July 22, 2026

लगातार तीन सर्किट ब्रेकपछि नेप्सेको कारोबार स्थगित



काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन पटक सर्किट ब्रेक लाग्दा कारोबार दिनभरका लागि स्थगित गरिएको छ।

कारोबारको सुरुवातसँगै बजार तीव्र गतिमा उकालो लाग्दा पहिलो सर्किट ब्रेक खुलेको करिब एक मिनेटमै लागेको थियो। त्यसपछि २० मिनेटका लागि कारोबार रोकेर पुनः बजार खोल्दा अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित गरिएको बजार फेरि खुल्दा पनि एक मिनेट नपुग्दै तेस्रो सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो।

आजको कारोबारपछि नेप्से परिसुचक १६२ दशमलव ९६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ। दिनभरमा करिब ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रतिनिधिसभा निर्वाचनको मतगणनाबाट दुई तिहाई बहुमतको स्थिर सरकार बन्ने देखिएपछि लगानीकर्तामा विश्वास बढेको र त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १२ : १६ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न