२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

जनताले मतबाट एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरे : योगेश भट्टराई

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले मतमार्फत नेकपा एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एमालेका उपमहासचिव भट्टराईले निर्वाचन परिणामलाई वस्तुगत यथार्थका रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन्। उनले जनताले शान्तिपूर्ण रूपमा पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको उल्लेख गर्दै अब पार्टीले आफूभित्र व्यापक रूपान्तरण गर्दै जनसमर्थन पुनःआर्जनको बाटो लिनुपर्ने बताएका छन्।

“निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन्। यो आजको वस्तुगत यथार्थ हो। हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुनःआर्जनको बाटो लिनु पर्दछ,” भट्टराईले लेखेका छन्।

उनले पार्टीभित्र नीति, नेतृत्व र कार्यशैलीबारे खुला छलफल आवश्यक रहेको पनि बताएका छन्। भट्टराईका अनुसार पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीतिगत निर्णय मात्र होइन, विभिन्न तहका नेतृत्व र संरचनाहरूले पनि जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।

पार्टीका नेता-कार्यकर्तालाई गुटगत घेराबाट बाहिर निस्केर खुला बहसमा सहभागी हुन आह्वान गर्दै उनले सामूहिक बुद्धि र पहलमार्फत मात्र अहिलेको अवस्थाबाट बाहिर निस्कन सकिने बताएका छन्।

साथै उनले एमालेका बारेमा सुझाव, आलोचना र टिप्पणी दिन बुद्धिजीवी तथा आम जनसमुदायलाई पनि आग्रह गरेका छन्। भट्टराईले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकताको रक्षा र वाम-लोकतान्त्रिक विचारधाराको संरक्षणका लागि सबै राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

योगेशले लेखेका छन् : 

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !
विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यो, पहल लिनु पर्यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई मेरा प्रारम्भिक बिचार
निर्वाचनमा आफ़नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ ।
मुलत: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ ।
हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ । नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ । यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहंन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।
पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो । सामुहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ । तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समुह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु ।
कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौ । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।
राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ०२ बजे

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद