२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने सोच बनाएका गगन थापालाई राजीनामा नदिन कांग्रेस नेता चन्द्र भण्डारीले सुझाव दिएका छन्।

नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिले राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय भएको बताएका हुन्।

उनले कांग्रेसको अधिवेशनका लागि बनेको चुनाव नियमित प्रक्रिया अनुसार नभएको उल्लेख गर्दै थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो महाधिवेशनतर्फ जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हुने बताएका छन्।

भण्डारीले अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु आफैंमा ठूलो नैतिक दायित्व भएको उल्लेख गरेका छन्। उनले अहिले युवापुस्ता कांग्रेसबाट टाढिँदै गएको कटु यथार्थ रहेको भन्दै यस्तो बेला पार्टीलाई “औषधि खुवाउनुपर्ने” आवश्यकता रहेको बताएका छन्।

“समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो,” भण्डारीले लेखेका छन्।

उनले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

भण्डारीका अनुसार इच्छाशक्ति र साहस भए अझै पनि कांग्रेसलाई बचाउने लडाइँ सम्भव रहेको छ। उनले अन्त्यमा ‘जय नेपाल’ भन्दै पार्टीलाई पुनर्जीवित गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : २१ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,