२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन



मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि पोखरा—जोमसोम हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रअरी १ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा९जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए । उनअनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन ।

तीन महिनापछि सोमबार तारा एयरको जहाज र मङ्गलबार तारा र समिट एयरलाइन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । मङ्गलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाइन्सको दुई उडान र समिट एयरलाइन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताए । मौसम खुलेमा पोखरा–जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गरे ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकीय चहलपहल हुने भएकाले बर्सेनि यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनीले पुस र माघ महिना पूरै उडान बन्द गरेर फागुन महिनामा पुनः हवाई उडान सेवा सञ्चालन गर्ने गरिन्छ । यस वर्ष पर्यटकीय याम सुरु भएको भए पनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटकको आगमन हुन नसकेको हो ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकांश भारतीय पर्यटकहरू पोखरा–जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाइन्स जोमसोमका स्टेसन इञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भए पनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरे । निर्वाचन सकिएकाले पोखरा–जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उनको भनाइ छ ।

मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा–जोमसोम हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

पछिल्लो समय भारतीय पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गइरहेको छ । कुनै समय मुस्ताङमा निजी वायुसेवा कम्पनीले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन ।

मुस्ताङमा पोखरा–जोमसोम हवाई उडानका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सको जहाजले मात्रै उडान भर्दैआइरहेका छन् । नेपाल वायुसेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय सञ्चालनमा रहे पनि लामो समयदेखि नेपाल वायुसेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ८ : ०७ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –