१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद



भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएका खाद्यान्न, कपडा तथा पशुपन्छीजन्य सामग्री नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मायादेवी गाउँपालिका–७ गरकट्टीबाट चिनी १०० केजी र सुकेको खुर्सानी १० केजी बरामद गरेको छ । त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ वडबलियाबाट थान कपडा, धोती, बालबालिकाका कपडा, टिसर्ट, टप्स, सेन्डो, झुल, टावेल तथा पेटिकोटलगायत विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सूचना शाखाले जनाएको छ ।

जिल्लाको सिमरा बजारबाट बेवारिसे अवस्थामा रहेको बैखी जातको माछा करिब १०० केजी बरामद गरिएको छ । रोहिणी गाउँपालिका–७ पोखरभिण्डीबाट जिउँदो बोइलर कुखुरा करिब १०० केजी तथा कोटहिमाइ गाउँपालिका–३ प्रसियाघाटबाट बोइलर कुखुरा ४० वटा (करिब ७० केजी) बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी क्षेत्रबाट हरियो केराउ चार बोरा र हरियो केरा चार बोरा बरामद गरिएको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

भन्सार छली तथा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि नियमित चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । रूपन्देही प्रहरीले पछिल्लो समयमा चोरी तस्करी नियन्त्रण अपराध नियन्त्रण र सीमा अपराध न्यूनीकरणका लागि जागरुकता देखाएको छ । जिल्लामा अहिले लागुऔषध सेवनकर्ता तथा ओसारपसार गर्न गर्नेहरूप्रति समेत प्रहरी अहिले निर्मम रूपमा प्रस्तुत भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १० : १२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा