२७ असार २०८३, शनिबार | July 12, 2026

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा १० लाख रुपैयाँभन्दा कम खर्च भएको विवरण निर्वाचन आयोग मा पेश गरेका छन् ।

रविको तर्फबाट प्रतिनिधि सीता ज्ञवालीले आयोगमा बुझाएको विवरण अनुसार चुनावी गतिविधिका लागि १० वटा शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ। प्रस्तुत विवरणमा सबैभन्दा बढी खर्च यातायात तथा इन्धनमा भएको देखिएको छ। दुई वटा सवारी साधन १५ दिनसम्म प्रयोग गर्दा करिब २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै, निर्वाचन अवधिमा आयोजना गरिएका गोष्ठी तथा कार्यकर्ता भेलाका लागि १ लाख ८० हजार रुपैयाँ खर्च भएको छ भने खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रचारप्रसारका सामग्रीतर्फ झण्डा र ब्याच खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ भने ब्यानर र स्टिकर खरिदका लागि ५५ हजार रुपैयाँ खर्च भएको देखिएको छ। साथै, निर्वाचनका क्रममा २८ वटा वडामा सञ्चालन गरिएको वडास्तरीय प्रचारप्रसारका लागि ४६ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार समग्र चुनावी खर्च १० लाख रुपैयाँभन्दा कम रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ११ : १२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका