२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै



काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल आयात गर्ने भएको छ । चालु आवमा चार लाख ६६ हजार मेट्रिकटन मल साल्टट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीमार्फत आयात गरेको मन्त्रालयले मलको अभावलाई कम गर्ने उद्देश्यले २५ हजार मेट्रिकटन मल आयातका लागि पुनः बोलपत्र आह्वान गरेको हो ।

गत वर्षको तुलनामा अन्तरराष्ट्रिय बजारमा मलको मूल्यमा भएको वृद्धिले यस वर्ष ५९ हजार मेट्रिकटन मल आयातमा कमी हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट चालु आवमा चार लाख ९१ हजार मेट्रिकटन मल आयातमा हुने मन्त्रालयले जनाएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ ।

मन्त्रालयले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेकामा बजेट अपुग भएपछि वैकल्पिक स्रोत खोजी गरेको थियो । वैकल्पिक स्रोतबाट पनि रकम जुटाउन सकिएको थिएन ।

केही स्थानमा मात्र चैते धानखेती हुने भएकाले सो मल आयात भएपछि किसानलाई उपलब्ध गराउन समस्या नहुने उनले जानकारी दिए । पछिल्लो समय आह्वान गरिएको बोलपत्रअनुसार मल आयात भएपछि चालु आवमा चार लाख ९१ हजार मल वितरण किसानलाई गर्न सकिन्छ । देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब ७० प्रतिशत हिस्सा र साल्टट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल टेन्डरका माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ । अन्तरराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ) मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ ।

विसं २०७८ को कृषिगणनाअनुसार कृषक परिवारमध्ये ७६ प्रतिशत कृषक परिवारले धानबालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ५४ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’