१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

रासायनिक मलको चरम अभाव न्युन गर्न खजुरामा सुन्दर एग्रीकल्चरको मल बिक्री प्रारम्भ



खजुरा । रासायनिक मलको अभावमा किसानहरु समस्यामा परेका बेला खजुरामा नेपालको एक मल उत्पादकले स्वदेशमा बनेको मलको बिक्रि सुरु गरेका छन् । स्थानीय सहकारीमार्फत स्वदेशी मलको उत्पादक सुन्दर एग्रिकल्चर कम्पनी प्रा लिले मल बिक्री गर्न सुरु गरेको हो ।

कम्पनीले खजुरामा क्रियाशिल सहकारी र किसानहरुबीच अन्तरक्रिया गर्दै मल गुणस्तरिय नभए दुईगुणा पैसा फिर्ता गर्ने घोषणा गरेको छ । अन्तरक्रियामा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बिनायक प्रधानले आफ्नो उत्पादनले काम नगरे डबल प्रसा फिर्ता गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो उत्पादनमा नाईट्रोजन, फाष्टफोरस्ट र पोटास मिश्रण भएको दाबी गरे । बायो टेक्नोलोजीबाट उत्पादित मल माटो मैत्री रहेको उल्लेख गर्दै प्रधानले १० कट्ठा जग्गाका लागि १ बोरा मल प्रयोग गर्न किसानहरुलाई सुझाव दिए । पहिले नै रासायनिक मल प्रयोग भएका कारण नयाँ मल प्रयोग गर्दा केही बढी परिणाम प्रयोग गर्नु पर्ने उनको भनाई छ । ‘ढुक्क भएर प्रयोग गर्नुहोस्, मलको पुरै जिम्मा कम्पनीले लिन्छ, काम गरेन भने जे गर्नुपर्छ कम्पनीले गर्छ ।’ उनले भने ।

काम नगरे खरिद गरेका सहकारीमा सम्पर्क गर्न आग्रह गर्दै सोही सहकारी मार्फत क्षतिपूर्ति दिइने उनले बताए । निजी क्षेत्रले उत्पादन गरेको मलमा पनि अनुदानको ब्यवस्था मिलाउन स्थानीय सरकारलाई उनले आग्रह गरे ।

अन्तरक्रियामा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले देशमा संघीयता लागु भएपनि रासायनिक मलमा संघीयता लागु नभएको बताए । केन्द्र सरकारले एकाधिकार कायम गर्दा रासायनिक मलको हाहाकार भएको उनले बताए । उनले ठेकेदारहरूलाई रासायनिक मल आयात र वितरणमा सेन्डिकेट चलाउन दिएर मलमा कृतिम अभाव सृजना गरिएको उनको आरोप छ । अध्यक्ष विकले स्थानीय सरकारलाई मल आयात र वितरणको अधिकार दिए मलको समस्या समाधान हुने दाबी गरे । निजी क्षत्रले उत्पादन गरेको मललाइ समेत अनुदान दिने अधिकार स्थानीय सरकारलाई नभएको उनले गुनासो गरे ।

कार्यक्रममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्ल, प्रवक्ता धनीराम वलीलगायत सहकारीका प्रतिनिधिहरुले गुणस्तरियतामा सम्झौता नगर्न उत्पादकलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १० : २९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका