१६ असार २०८३, मंगलबार | June 30, 2026

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल



वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए ।‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ ।’ उनले चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको बताए । ‘कालोसूचीमा राख्नुपर्ने कति हुन् । कालोसूचीमा नराख्नुपर्ने कति हुन् भन्ने विषयमा हामीले हेरिराखेका छौँ ।’ उनले भने

यसको बारेमा आफुले विस्तृत रुपमा हेरिरहेको पौडेलले बताए । गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार÷व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए ।

‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रैन्छ । त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढङ्गले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ । त्यसैले व्यवसायीलाई प्रवद्र्धन गरेर अघि बढाउन जरुरी छ ।’ गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ४ : ५५ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट