६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने



गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि पूर्णरुपमा बन्द हुनेभएको छ ।

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने कार्य सुरु हुने भएको हुँदा कारण आगामी चैत १ देखि चैत ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएकोे हो । सडक डिभिजन कार्यालय पाल्पाको २०८२ फागुन २८ गतेको पत्रअनुसार उक्त राजमार्गको अति संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढेकाले दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

प्रशासनले सो सडक स्तरोन्नतिको काम गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमनका गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सहयोगका लागि सरोकारवालालाई अनुरोध गरेको छ । प्रशासनले आज सार्वजनिक रुपमा सूचना जारी गरी उक्त सडक एक महिना २४सै घण्टा बन्द रहने जनाएको हो । सडक डिभिजन कार्यालय पाल्पाले गत माघ २६ देखि फागुन १५ गतेसम्म आंशिक रुपमा सडक बन्द गरी स्तरोन्नतिको काम गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : ३२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज