३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)



काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको हो । बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। उनले बैठकको सर्वम्मत निर्णयबाट नाम चयन भएको जानकारी दिए ।

बैठकले एमालेले पार्टीले गरेको राम्रो कामका बारेमा जनतालाई बुझाउन नसक्दा हार ब्यहोर्नु परेको समिक्षा गरेको बैठकमा सहभागी एक नेताले बताए । भाद्र २३ र २४ मा पार्टीले लिएको अडानका बारेमा बुझाउन नसक्नु र एमाले नेतृत्वमाथि भएको आक्रमणलाई जनताका माझ चिर्न नसक्नु पार्टीको कमजोरी भएको बैडकले समिक्षा गरेको ती नेताले बताए ।

सूची :

जनजातिः ४ जना
महिला :

  • भूमिका सुब्बा
  • गंगादेवी श्रेष्ठ

पुरुष :

  • रामबहादुर थापा मगर
  • कुलभक्त शाक्य

खस आर्य : ५ जना
महिला:

  • पद्मा अर्याल
  • टुकाभद्रा हमाल
  • यशुदाकुमारी बराल (पीछडिएको क्षेत्र)

पुरुष:

  • गुरुप्रसाद बराल
  • पुष्पराज कंडेल

थारु : १ जना

  • कृपाराम राना (पुरुष)

दलित : २ जना
महिला:

  • विष्णुमाया बिके
  • नीता घतानी

मधेसी: ३ जना
महिला:

  • रिंगला यादव
  • यशोधाकुमारी यादव

पुरुष:

  •  चन्द्रेश्वर मण्डल

मुस्लिम : १ जना 

  • साजिदा सिद्दीकी (महिला)

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ३ : ३३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको