३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले



काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको वास्तविकता जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा चुनावी परिणाम अपेक्षाअनुसार नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले यस्तो बताएका हुन् ।

उनले भदौ २३-२४ को घटनाक्रम र त्यसक्रममा पार्टी तथा नेतृत्वमाथि भएका आरोपबारे वास्तविकता जनतासमक्ष पर्याप्त रूपमा प्रस्तुत गर्न नसकिएको स्वीकार गरे। यसै कारण एमाले र यसको नेतृत्वविरुद्ध नकारात्मक धारणा निर्माण भएको र त्यसले चुनावी परिणाममा असर पारेको पार्टीको प्रारम्भिक बुझाइ रहेको उनले बताए।

उनले चुनावी समीक्षा पार्टीको जीवनसँग जोडिएको विषय भएकाले विभिन्न तहमा समीक्षा प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

उनका अनुसार वडा तहदेखि नै कार्यकर्ताहरूले आ–आफ्नो क्षेत्रमा चुनावी समीक्षा बैठक गरिरहेका छन् र त्यसको प्रतिवेदन तयार पारिरहेका छन्। उनले केन्द्रबाट विशेष निर्देशन आवश्यक नभएको उल्लेख गर्दै स्थानीय तहबाटै कमजोरी र अनुभवहरूको मूल्यांकन भइरहेको बताए।

भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीका बुवाको निधनका कारण शनिबारको बैठकमा चुनावी परिणामबारे विस्तृत छलफल हुन सकेन। अध्यक्ष शोकबाट बाहिरिएपछि विस्तृत समीक्षा बैठक बस्ने उनले बताए।  पार्टी नेतृत्व परिवर्तनको विषयमा अहिले कुनै विवाद नरहेको पनि उनले स्पष्ट पारे।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ४ : २३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको