२१ बैशाख २०८३, सोमबार | May 4, 2026

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै



काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालत मा आज पनि सुनुवाइ हुने भएको छ । आइतबार सुनुवाइ सुरु भएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएकाले सोमबार पनि निरन्तर सुनुवाइ हुन लागेको हो ।

लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध दायर रिटमा आइतबारदेखि सुनुवाइ भइरहेको छ ।

उक्त रिटमाथि न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि कानुनी विवाद उत्पन्न भएको हो ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दामा मात्र कारबाही अगाडि बढाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । उक्त निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : ०६ बजे

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै