२ चैत्र २०८२, सोमबार | March 16, 2026

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ



काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानुन र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुक लगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा सेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

अरूले बनाएका त्यस्ता सामग्री सेयर गर्नु पनि ती देशहरूमा गैरकानूनी मानिन्छ । पक्राउ परेकाहरूलाई त्यहाँको कानुनअनुसार ठूलो रकम जरिबाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनुपर्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

उनले भने, “त्यहाँका सरकार र सुरक्षा निकायहरू आफ्ना नागरिक मात्र नभई सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि अहोरात्र खटिरहेका छन् । यस्तो बेला त्रास फैलाउने खालका कन्टेन्ट नबनाउन उनीहरूले एड्भाइजरी नै जारी गरेका छन् । यसका बाबजुद पनि ६ नेपालीहरू यस्तै कन्टेन्ट निर्माण र सेयर गरेका कारण पक्राउ पर्नुभएको छ ।”

मन्त्रालयले दूतावास र सञ्चारमाध्यममार्फत पटक-पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानुनी मानेका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपिल गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : १२ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील