२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री केसीले एकता महाधिवेदनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् ।

सङ्घको एकता महाधिवेशनको समापन समारोहमा उनले सङ्घको इतिहासमा विभिन्न उतार–चढाव भए पनि छोटो समयमै सङ्घ ९२ देशसम्म विस्तार भएको जानकारी दिए। पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा सङ्गठन दुई भागमा विभाजित भएको उनले स्मरण गरे।

डा केसीले विभाजनभन्दा पनि एकताबाट अघि बढ्ने सोचका साथ सम्झौतापत्रमार्फत नेतृत्व हस्तान्तरण गरिएको उल्लेख गर्दै सङ्घ पुनः एकताको सूत्रमा बाँधिएको बताए। “हामीले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकताको मार्ग रोजेका हौँ । सोहीअनुसार जिम्मेवारी हस्तान्तरण गरेका छौँ”, उनले भने।

डा केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए। विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अर्का कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगतमा केही समय आपसी मतभेद र असमझदारीका कारण सङ्गठन कमजोर बनेको स्वीकार गरे। हाल बृहत् महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको र यसले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे।

श्रेष्ठका अनुसार सङ्गठनको विभाजनका कारण सङ्घप्रति अविश्वास बढेको र त्यसले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेका थिए । “अब यस्ता विभाजन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छौँ”, उनले भने, “गैरआवासीय नेपाली नागरिकताले अझै पूर्ण अधिकार पाएका छैनन् । त्यसका लागि र विद्यमान कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गर्न गर्छौं ।”

संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताए। संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदासले एकता महाधिवेशनले सकरात्मक सन्देश दिएको भन्दै खुसी व्याक्त गरे ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : १५ बजे

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा