२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या



भोजपुर । हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका-१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो ।

सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिए । उनका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रुपमा बसोबासमा समस्या भएको हो ।

हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पु¥याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेकिलमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । उनका अनुसार अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

हावाहुरीले भौतिक संरचनामा क्षति पु¥याएकाले विवरण सङ्कलन भए पश्चात राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । स्थानीय तहहरुले राहत तथा विवरण सङकलन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : २३ बजे

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री