२२ आश्विन २०८३, बिहिबार | October 9, 2026

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा



काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यका मा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

पर्वका अवसरमा नेपाली सेनाले टुँडिखेल मा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । यसै दिन ललितपुरमा पनि कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ ।

नेपाली सेनाद्वारा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एक रुखमा बस्ने ‘गुरुमापा’ नामक राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको किंवदन्ती छ । स्थानीयवासीले उक्त राक्षसलाई परास्त गरे पनि त्यसको प्रेतात्मा फेरि सक्रिय हुनसक्ने विश्वासका कारण प्रत्येक वर्ष घोडेजात्रा मनाइँदै आएको मानिन्छ ।

घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने विश्वाससहित यो पर्व मनाउने परम्परा रहेको छ । साथै, बालबालिकालाई अनिष्ट नहोस् भन्ने कामनासहित सोही स्थानमा गुरुमापाका लागि खानेकुरा चढाउने प्रचलन पनि रहिआएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : ५६ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि