१० भदौ २०८३, बुधबार | August 27, 2026

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।

निर्वाचन आयोगले गत सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७, नेपाली कांग्रेस बाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाल कम्युनिष्ट पार्टी बाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४/४ जना सांसद निर्वाचित भएका छन् ।

आयोगले आज प्रमाणपत्र वितरण गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ ।

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : ५७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट