२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै



बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे बहस चलाउने भएको छ । चैत्र ७ गते हुने उक्त बहसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रमुखवक्ताको रुपमा सम्वोधन गर्नेछन ।

चिन्तन अभियान नेपाल रुपन्देहीको आयोजनामा हुन लागेको नेपाली राजनीति अबको परिदृश्य विषयक विशेष बहसमा आर्थिक क्षेत्रका विज्ञका रुपमा समेत परिचित पुर्व अर्थमन्त्री पाण्डे एकल बक्ता रहने आयोजकले जनाएका छन् ।

चैत्र ७ गते शनिबार बिहान ११ बजे बुटवलको ईटाभट्टीस्थित एशियन पार्टी प्यालेसमा आयोजना गरिएको र युवा पुस्ता र बैचारिक बहसमा सहभागीहुन ईच्छुक सबैलाई सहभागि बनाईने आयोजकले जनाएका छन् ।

पछिल्लो समय बदलिंदो राजनीतिक समीकरण र मुलुकको आर्थिक सामाजिक अवस्थाका बीच हुन लागेको यस बहसलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

गत मंसिरमा सम्पन्न नेकपा एमालेको ११ औं महाधिवेशनमा महासचिव पदका लागि प्रतिस्पर्धा गरेका पाण्डे सो निर्वाचनमा एमाले महासचिव शंकर पोखरेलसंग पराजित भएका थिए ।

पार्टीभित्र तार्किक र अध्ययनशील नेताको छवि बनाएका पाण्डेले वर्तमान राजनीतिक अन्यौल, ईतिहास बनाएका दलहरुको आगामी बाटोबारे आफ्नो धारणा राख्ने आयोजकले जनाएका छन् । चिन्तन अभियान नेपाल, रुपन्देहीका अनुसार कार्यक्रममा कुनै पनि दल विशेषको आग्रह पूर्वाग्रहभन्दा माथि उठेर मुलुकको समग्र राजनीतिक दिशा र सम्भावित परिदृश्यका बारेमा विमर्श गरिनेछ ।

अभियानले यस प्राज्ञिक तथा राजनीतिक बहसमा सहभागी हुन रुपन्देहीका बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, युवा तथा सरोकारवाला सबैमा आह्वान गरेको छ ।

पार्टीको आन्तरिक समीकरण र राष्ट्रिय राजनीतिमा दख्खल राख्ने पाण्डेको सम्बोधनले विशेषगरी एमालेका कार्यकर्ता र राजनीतिक विश्लेषकहरुमाझ नयां सन्देश दिने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागीहरुका लागि खुला संवादको वातावरण समेत सिर्जना गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ९ : ३८ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा