२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो



महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४जनाको मुआब्जा विवादले काम रोकिएको हो ।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ ।

चौध जनालाई सातदेखि आठ करोड मुआब्जा तिर्न बाँकी छ । विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ ।

बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिए पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : ३९ बजे

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु