२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै



बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका छन् ।

सडक डिभिजन कार्यालयअन्तर्गत रु दुई करोडदेखि २५ करोडसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।

२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर–मल्म–पाण्डवखानी–रमुवा–भिमगिठे–निसीखोला सडक रु २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको हो । कार्यालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् ।

जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत रु ४९ करोड ५४ लाखका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भए पनि हरिचौर–मल्म–पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ ।

पाखुते–बायोखोला–झिम्पा–निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाखको लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

गलकोट नगरपालिका–१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा रु एक करोड ३२ लाखमा एमएसकोण्डा सर्वसिद्धी जेभीसँग २०८२ मङ्सिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतिको काम सुरु गरिएको छ ।

अछेते–मुल्ठाना–सिम सडक स्तरोन्नतिका लागि रु दुई करोड ११ लाखमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । फलेवास नगरपालिकाको दुल्लेबेँसी–अमरपुरी–दरौदी–सुन्तलाचौर सडक सुधारका लागि करिब रु दुई करोड ४३ लाखमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ ।

आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ । रु दुई करोड १७ लाख लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको हो । मङ्गलीखोला–धाम्जा–बेलढुङ्गा–म्याग्दी सडक रु दुई करोड २९ लाखमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

बाङ्गेचौर–उपल्लाचौर सडक सुधारका लागि रु छ करोड ७२ लाखमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेल गर्ने तयारी भइरहेको छ । बागलुङ नगरपालिका–३ रात्माटा–कोलको–घुम्ती–रिठाबोट–पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा रु दुई करोड २५ लाखको लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा रु पाँच करोड ५० लाखमा स्तरोन्नति भइरहेको छ ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  १० : ४६ बजे

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३