६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल



बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार गोदाममा हाल जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल मौज्दात रहेको छ । यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धान पनि भण्डारणमा छ ।

गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्य भइरहेको छ । कर्णाली प्रदेशका जिल्लाबाट माग भई आएमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पठाउने कार्य गरिरहेको छ । यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रतिक्विन्टल ५०० देखि ६०० सम्म मूल्य घटेर आएको खाद्य कम्पनीका प्रमुख लामिछानेले बताए ।

उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकाले स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको बताए । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु र जाजरकोटमा रहेका खाद्यका डिपोमा अहिले पर्याप्त चामल रहेकाले कुनै समस्या नरहेको जनाउँदै प्रमुख लामिछानेले आवश्यक परे तत्काल पठाउनेगरी मौज्दात राखिएको लामिछानेको भनाइ छ ।

बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आए पनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो ।

यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ मा खरिद गर्नेगरी मूल्य तोकेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ०८ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता