६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने बैठकमा गर्नेभएको छ ।

निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिएका थिए ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने विषयमा सात बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : २७ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ