७ चैत्र २०८२, शनिबार | March 21, 2026

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना



काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शुभकामना सन्देश जारी गरी नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश भएको बताए ।

“नेपालमा विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वहरू छन् । यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । त्यसमध्ये ईद उल फित्र पनि एक हो । ईद उल फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ, यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा प्रदान गरेको छ”, शुभकामना सन्देशमा भनिएको छ ।

ईद उल फित्र पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्दै समाजमा मेलमिलाप र सद्भाव सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ ।

उक्त पवित्र पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने विश्वास कांग्रेसले लिएको छ ।

सम्पूर्ण धर्मावलम्बीहरूबीच एकताको सन्देश प्रवाह गर्दै सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउन सकोस् भन्ने कामनाका साथ सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेसले शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : १३ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग

पाथीभरामा पाँचौँ पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।