२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो



काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ ।

किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उपमहानिर्देशक दिनेश घिमिरेले जानकारी दिए । उनले यस आवको अन्त्यसम्म थप सात हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिइएको बताए ।

किताकखानाले सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तिभरण, शैक्षिक तथा सन्तति वृत्तिलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भएबमोजिम अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउँछन् । कार्यरत शिक्षक ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश जाने व्यवस्था छ । सो संस्थाले वर्षमा दुई पटक (माघ र वैशाख) शिक्षकको अनुमानित अनिवार्य अवकाशको सूची प्रकाशन गर्दै आएको छ ।

तत्कालीन शिक्षा मन्त्रालयअन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीयस्वरूप परिवर्तनपश्चात् हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । उपमहानिर्देशक घिमिरेका अनुसार यस आवभित्र दुई हजार ८३ शिक्षकको अवकाश हुँदैछ ।

यसका अलावा किताबखानाले शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोषको सञ्चालन, सेवा अवधि गणनासम्बन्धी काम, सम्पत्ति विवरण दर्ता, शिक्षकको पदपूर्तिदेखि अवकाशसम्मका कार्य सम्पन्न गर्दै आएको छ ।

शिक्षा मन्त्रालयको शैक्षिक सूचना सँगालो, २०८१ अनुसार आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षक ८३ हजार ९८९, अस्थायी शिक्षक २९ हजार ६९९ र राहत शिक्षक ३९ हजार ९६२ गरी एक लाख ५६ हजार ६४० शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ९ : १४ बजे

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को