७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर



म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् ।

गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले सडक छेउमा रहेको पेटी र टहरा भत्काएर फराकिलो पार्नका लागि स्थानीयवासी आफै अग्रसर भएका बताए ।

“वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो पार्नका लागि घरधनीहरुले आफै संरचना भत्काएर सहयोग गर्नुभएको छ,” उनले भने “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङवासी सडक फराकिलो पार्न आफै अग्रसर भएकाले निर्माण व्यवसायीलाई काम गर्न सजिलो भएको छ ।”

धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काउनका लागि नक्शाङ्कन भएको छ । धौलागिरि टोलका अध्यक्ष मेख पुनले बैठक मार्फतनै सडक फराकिलो पार्नका लागि मापदण्ड अनुसार आवश्यक पर्ने जग्गा दिने र संरचना भत्काउने निर्णय गरिएको बताए ।

धेरै ठाउँमा सडक विस्तारका लागि प्रभावित क्षेत्रका बासिन्दाले घरटहरा भत्काउन नमानेर विवाद हुने गरेको अवस्थामा दरवाङका बासिन्दाले सकारात्मक सन्देश दिएका छन् । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमले घरधनीहरुको सहमतिमा कम क्षति हुने गरेर संरचना भत्काउने सहमति भएको बताए ।

यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलङ्गे पुलतर्फ सडकको दायाँबायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो । यस वर्ष सङ्घीय सरकारको समपुरक योजनामार्फत दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन योजना निर्माण सुरु भएको छ ।

रु। एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्स छनोट भएको छ ।

विसं २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको योजना आगामी २०८३ असार १५ गते सम्पन्न गर्ने लक्ष्य रहेको मालिका गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले जानकारी दिए । उनका अनुसार यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर ४०० मिटर कालोपत्र गरिने भएको छ ।

सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको अपेक्षा छ । तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : ५७ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी