१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते



बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा कम्तीमा १० जना प्रहरी घाइते भएका छन् । हुलाकी राजमार्ग अवरुद्ध गरेका स्थानीयबासीको अवरोध हटाउन पुगेको प्रहरी टोलिमाथि स्थानीयले ढुँगामुढा गर्दा १० बढी प्रहरी घाइते भएका हुन् ।

भारतमा गएर लागुऔषध सेवन गरेका स्थानीय दुई युवाको मृत्यु भएपछि स्थानीयबासीले सीमा व्यवस्थापन र लागु औषध नियन्त्रणको माग राख्दै आज बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्गको अवरोध हटाउन पुगेको प्रहरीमाथि स्थानीयबाट ढुँगामुढा प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै केही राउण्ड अश्रु ग्याँस प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । लागुऔषध सेवनबाट गुलरिया नगरपालिका वडा नं ११ का सुरेश खटिक र बोहरन खटिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : १७ बजे

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद् समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन

सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको