२७ असार २०८३, शनिबार | July 11, 2026

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

“मत माग्न वा मतदान गर्न नजानेले चुनावको वास्तविकता बुझ्न सक्दैन”



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा हताशामा राजीनामा नदिएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको उनको भनाइ छ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि पार्टीको विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा समक्ष आफ्नो राजीनामा पेश गरेको बताए। उनका अनुसार सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिलाई बुझाउने र त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था पार्टी विधानमै रहेको छ।

थापाले आफ्नो निर्णय कुनै दबाब वा ग्लानीका कारण नभई जवाफदेहिताको भावनाबाट आएको स्पष्ट गरे। “मैले हतारमा राजीनामा दिएको होइन, हताश भएर पनि दिएको होइन,” उनले भने, “विशेष महाधिवेशन नगरी हामी फागुन २१ को निर्वाचनमा गएका थियौँ भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने कुरा चुनाव जित्ने र हार्ने दुवैलाई थाहा छ।”

उनले चुनावी प्रक्रिया नजिकबाट नबुझेका व्यक्तिले परिणामको अनुमान गर्न नसक्ने भन्दै आफ्नै पार्टीका नेताहरुलाई पनि आधारहीन अनुमान नगर्न सचेत गराए। “मत माग्न वा मतदान गर्न नजानेले चुनावको वास्तविकता बुझ्न सक्दैन,” उनले भने।

थापाले निर्वाचनमा विजयी भएको रास्वपा र त्यसको नेतृत्वलाई बधाई पनि दिएका छन्। सरकार बलियो अवस्थामा हुँदा प्रतिपक्षको भूमिका पनि उत्तिकै जिम्मेवार हुने उल्लेख गर्दै उनले कांग्रेसले अब नयाँ भूमिकामा काम गर्ने बताए।

देशको राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले सरकारलाई पाँच वर्षसम्म काम गर्ने वातावरण मिल्नुपर्ने धारणा राखे। “पाँच वर्ष मुलुक दुर्घटनामा पर्न हुँदैन, सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ,” उनले भने।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : १० बजे

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको