१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सन्देश जारी गर्दै पाकिस्तानी समकक्षी शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीको जितपछि प्रधानमन्त्री पद सम्हालेकोमा शाहलाई शुभकामना व्यक्त गरेका हुन्।

शरीफले नेपाल र पाकिस्तानबीचको दीर्घकालीन तथा मैत्रीपूर्ण सम्बन्धलाई आफ्नो देशले उच्च मूल्यांकन गर्दै आएको उल्लेख गरेका छन्।

उनले द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्न नवनियुक्त प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न आफू उत्सुक रहेको पनि बताएका छन्।

सन्देशमा उनले क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य हासिल गर्न नेपालसँग सहकार्य गर्न पाकिस्तान प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ५५ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले