१० भदौ २०८३, बुधबार | August 27, 2026

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, क्याप्टेन सकुशल



सोलुखुम्बु । अल्टिच्युट एयरको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा आज विहान दुर्घटना भएको छ । क्याप्टेन विवेक खड्काले उडाएको सो हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको पर्यटन व्यवसायी काजी विष्टले जानकारी दिएका छन् ।

विष्टका अनुसार, क्याप्टेन विवेक खड्का सकुशल रहेका छन्, भने हेलिकोप्टरमा भौतिक क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अल्टिच्युट एयरको हेलिकोप्टर बिहान ८:१५ बजे दुर्घटनामा परेको हो ।

उनले भने, “अल्फा माइक सेरा” कलसाइन भएको हेलिकोप्टर लोबुचेमा अवतरणका क्रममा चिप्लिएको हो । हाल घटनास्थलबाट थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट