१० भदौ २०८३, बुधबार | August 27, 2026

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा लडाइँ लड्ने बताएका छन्।

लेखकले मन्त्रिपरिषद्को निर्णयका आधारमा व्यक्तिलाई पक्राउ गर्ने अभ्यासले कानुनको उपहास गरेको टिप्पणी गरेका छन्। उनले भने, “मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर पक्राउ गरिएको छ। संसारमा कतै पनि यस्तो हुँदैन। यो राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले गरिएको कदम हो।”

उनले यस घटनाविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चाबाट लडाइँ लड्ने स्पष्ट पारेका छन्।

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा भएको घटनामा १७ जना युवाको मृत्यु भएपछि लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट