१० भदौ २०८३, बुधबार | August 27, 2026

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान



काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोध गर्दै एमाले निकट अनेरास्ववियूले प्रतिकारमा उत्रिन आह्वान गरेको छ ।

अखिलले आज एक विज्ञप्ति जारी गर्दै देशभरका मातहत कमिटीहरूलाई सरकारी प्रतिशोधको सशक्त प्रतिकार गर्न निर्देशन दिएको छ।

अनेरास्ववियुले लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका नेतामाथि गरिएको व्यवहारप्रति कडा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेतामाथि गरिएको यसप्रकारको व्यवहारप्रति अनेरास्ववियु घोर भर्त्सना व्यक्त गर्दछ।” संगठनले नेपाल सरकार तथा सम्बन्धित निकायसँग दुवै नेताको अविलम्ब रिहाइको माग पनि गरेको छ।

अनेरास्ववियुले यस घटनालाई गैरकानुनी कार्यको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न देशभरिका मातहत कमिटीहरूलाई निर्देशन दिएको जनाएको छ।

बालेन्द्र सरकारको निर्देशनपछि प्रहरीले ओली र लेखकलाई शनिबार बिहानै पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : १७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट