१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग



काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ।

नेता पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको हैसियतमा जारी गरेको विज्ञप्तिमा उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उक्त कदम कानुन र विधिसम्मत प्रक्रियाविपरीत रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमार्फत तत्काल रिहाइको माग पनि गरिएको छ।

देउवा पक्षले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा अनुसन्धान, तहकिकात र अभियोजनका लागि नेपाल सरकारलाई सिफारिस गरिएको भए पनि आवश्यक कानुनी प्रक्रिया नअपनाई गिरफ्तारी गरिएको भन्दै आपत्ति जनाएको छ।

विज्ञप्तिमा यस्तो कदम कानुनी राज्यको सिद्धान्तविपरीत भएको उल्लेख गर्दै सरकारले सत्ता गठनलगत्तै राजनीतिक प्रतिशोधको भावना राखेर काम गरेको आरोप लगाइएको छ। यसले सरकारको संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको देउवा पक्षको भनाइ छ।

साथै, देउवा पक्षले उक्त गिरफ्तारीविरुद्ध संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०५ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने