१० भदौ २०८३, बुधबार | August 26, 2026

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

यसअघि अदालतले चैत १९ गते दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले दिएको सिफारिसका आधारमा प्रहरीले चैत १४ गते शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो ।

सो पक्राउ गैरकानूनी भएको दाबी गर्दै ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदा लेखकले चैत १५ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भने जारी छ । आज सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।

ओली हाल त्रिवि शिक्षण अस्पतालमा प्रहरी सुरक्षा घेराभित्र उपचार गराइरहेका छन् भने लेखकलाई दुई नम्वर गण महाराजगन्जमा राखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ०४ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र