१८ चैत्र २०८२, बुधबार | April 1, 2026

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक



काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको छ ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानुन, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बैठक बसको हो। बैठकले भोलिको अधिवेशनको कार्यसूची पारित गर्ने बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी भएका छन्।

सो बैठकको नेतृत्व प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका छन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपसभापति तथा सांसद डीपी अर्यालसहित समीक्षा बास्कोटा, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी र प्रकाशचन्द्र परियार बैठकमा सहभागी भएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य उपस्थित छन् । नेकपा तर्फबाट एमालेका गुरुप्रसाद बराल र गणेशसिंह ठगुन्ना तथा नेकपा माओवादी केन्द्रका वर्षमान पुन बैठकमा सहभागी भएका छन्। श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बू ओली बैठकमा सहभागी छन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे पनि उपस्थित रहेका छन्।

 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  २ : २८ बजे

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने