६ श्रावण २०८३, बुधबार | July 22, 2026

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन



बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीमा वर्ष २०२६/२०२७ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ ।

मणिमुकुन्द सेन उद्यान परिसरमा बुधबार सम्पन्न निर्वाचन तथा वनभोज कार्यक्रमबाट तिलोत्तमा क्लबको अध्यक्षमा बाबुराम शर्मा आचार्य तथा मायादेवी क्लबको अध्यक्षमा सृजना श्रेष्ठ निर्वाचित भएका हुन् ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पि का पूर्व डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तमभक्त प्रधानाङले सामाजिक संस्थाको सफलता टिमवर्कमा निर्भर हुने बताउँदै सेवा भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । उनले ब्लड बैंक सञ्चालनजस्ता योजनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । साथै पाठेघरको मुखको क्यान्सरविरुद्ध उपचारभन्दा सचेतनामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष आचार्यले संस्थाको गरिमा कायम राख्दै सामाजिक कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले महिलाका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रमसँगै अब पुरुषका लागि प्रोस्टेट क्यान्सर परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । साथै सामाजिक उद्यमशिलता प्रवर्द्धन र फण्ड संकलनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

त्यस्तै मायादेवी क्लबकी अध्यक्ष श्रेष्ठले विगतदेखि निरन्तर सामाजिक सेवामा संलग्न रहँदै आएको अनुभवलाई थप सुदृढ बनाउँदै प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अशोक श्रेष्ठ, पूर्वअध्यक्ष तथा निर्वाचन आयुक्त उपेन्द्रमान श्रेष्ठ, संस्थापक अध्यक्ष सरस्वती अमात्य तथा चिरञ्जीवी श्रेष्ठ लगायतले स्थायी परियोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : २२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको