१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन्।

बिहीबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंहदरबार बदल्ने जिम्मेवारी सुरु भैसकेको बताए । उनले जनताको मतादेश सिंहदरबार जलाउन नभै बदल्नका लागि भएको उल्लेख गरे ।

उनले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो। हामीले बदल्न सुरु गरिसकेका छौं । लामिछानेले जनताप्रति मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्ने वाचा गरे ।

सभापति लामिछानेले “न्याय पाउने पहिलो हक सहिदकी आमाको भएको बताए । उनले सरकारले सहिदकी आमालाई न्याय दिन खोज्दा त्यसलाई कसैले प्रतिशोध भन्न नपाउने समेत बताए ।

सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताए।

विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उहाँले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गरे । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताए ।

गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उनले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : १० बजे

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र