१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक दल फरक भए पनि देश एउटै भएकाले सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा शुभकामना सम्बोधन गर्दै आङ्देम्बेले आङ्देम्बेले फरक–फरक विचार र आस्था भए पनि सबै एउटै गन्तव्यतर्फ उन्मुख रहेको उल्लेख गरे।

“विभिन्न आस्था र विचार बोकेका हामी एकै ठाउँमा, एउटै नौकामा छौँ,” उनले भने, “डुबे सबै डुब्छौँ, उठे सबै सँगै उठ्छौँ।”

उनले नेपालको लोकतान्त्रिक संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूलाई एकसाथ सम्झनुपर्ने आवश्यकता औँल्याए। ००७ सालको (क्रान्ति)देखि हालसम्म भएका विभिन्न आन्दोलनहरूलाई स्मरण गर्दै उनले ती सबै आन्दोलनमा जीवन अर्पण गरेका सहिदहरुप्रति सम्मान व्यक्त गर्न आग्रह गरे।

उनले मुलुकका नागरिकमा नयाँ आशा र विश्वास जगाउने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको पनि उल्लेख गरे।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : २९ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,