१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण, सामाजिक न्याय र रूपान्तरणका एजेन्डामा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताका मुद्दामा भने कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे। निर्वाचनबाट आएको जनमतलाई स्वीकार्दै रचनात्मक भूमिकाबाट सरकारलाई सहयोग गर्ने उनले बताए।

नेता पुनले २०६४ सालको निर्वाचनको प्रसंग स्मरण गर्दै त्यसबेला तत्कालीन नेकपा माओवादीले पनि अहिले जस्तै उल्लेखनीय मत पाएको बताए। तर त्यस उपलब्धिलाई पूर्ण रूपमा सदुपयोग गर्न नसकेको अनुभव रहेको भन्दै वर्तमान नेतृत्वलाई त्यसबाट शिक्षा लिन आग्रह गरे।

उनले २०७४ सालमा दुई कम्युनिस्ट दल मिलेर चुनाव लडेपछि पार्टी एकता समेत भएको स्मरण गराउँदै त्यस अवसरलाई पनि प्रभावकारी रूपमा प्रयोग गर्न नसकिएको बताए।

“०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो। ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ, पछि पार्टी एकता पनि गर्‍यौँ,” उनले भने, “तर त्यसलाई हामीले सदुपयोग गर्न सकेनौँ। त्यसबाट शिक्षा लिएर तपाईंहरूले पार्टी र देशलाई अगाडि बढाउने काम गर्नुस्। त्यसका लागि हामी सहयोग गर्न तयार छौँ।”

पुनले राजनीतिक दलहरूबीच सहकार्य र जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहेर देशको विकास र स्थायित्वका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ५२ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,