काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ।
पार्टीको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
संसदमा झण्डै दुई तिहाई बहुमतको हैसियतमा रहेको रास्वपाका उम्मेदवार नै सभामुख बन्ने निश्चित छ ।
अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
सभामुखको मनोनयन भोलि २० गते र निर्वाचन भने चैत २२ गते हुनेछ ।


















प्रतिक्रिया