२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी



काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ भने दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने तय गरिएको छ ।

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल लाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको उम्मेदवारी सर्वसम्मत रूपमा पारित गरेको हो ।

हालको प्रतिनिधिसभामा रास्वपाको बहुमत नजिकको संख्या रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

सचिवालयका अनुसार एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते हुने बैठकमार्फत निर्वाचन प्रक्रिया अघि बढाइनेछ । यद्यपि वर्तमान राजनीतिक समीकरणका आधारमा अर्याल निर्विरोध चयन हुने सम्भावना उच्च रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ५६ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख