काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार हुनेभएकोछ ।
राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गर्दै नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको जनाएको छ ।
शितल निवासमा हुने शपथ कार्यक्रममा उपस्थित हुनका लागि राष्ट्रपति कार्यालयले उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा पठाएको छ ।
आज भएको मनोनयनमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल थिए ।


















प्रतिक्रिया