२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ



काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण गर्न विशेष अपरेशन सञ्चालन गरेको थियो । उक्त अपरेशनका क्रममा सानुभाइसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

नुवाकोटको ककनी गाउँपालिका-५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक-पटक पक्राउ परेर छुट्दै आएका थिए । उनी अहिले आठौँ पटक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गुरुङ कुख्यात गुण्डा नाइके कुमार घैंटेका निकट सहयोगी हुन् । घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको उल्लेख छ ।

यसअघि २०७२ पुसमा नुवाकोटबाट हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटसहित फेला परेका थिए । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिएको थियो ।

प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि संगठित अपराध तथा सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ३० बजे

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला

भोलिबाट शनिबार र आइतबार २ दिन बिदा

काठमाडौं। सरकारले अबदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको