नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई ३ वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन गर्न निषेध गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा लागु भएको तीन वर्ष सम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन गरेको हो ।
सूचनामा संस्थागत विद्यालयहरुले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गरि अभिभावकहरुमा थप आर्थिक बोझ पार्ने काम भएको गुनासो आएको उल्लेख गरिएको छ ।
‘लागु भएको पाठ्यपुस्तक तीन बर्षसम्म परिवर्तन नगर्न हुन र तीन वर्ष पश्चात परिवर्तन गर्नु पर्ने भएमा यस कार्यालयको पूर्व स्विकृति लिएर मात्र गर्नहुन सम्वन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा लेखिएको छ, ‘यस कार्यालयको पूर्व अनुमति विना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’


















प्रतिक्रिया