२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा आयोजना हुने तय गरिएको छ ।

बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायत महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसकेका भए पनि कांग्रेसले भने हालसम्म आफ्नो नेता टुंगो लगाउन सकेको छैन, जसले आन्तरिक छलफललाई थप महत्त्वपूर्ण बनाएको छ ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई र भरतबहादुर खड्कालगायत नेताहरूको नाम चर्चामा रहेको छ ।

आजको बैठकले संसदीय दलको नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ८ : ०९ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको